कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ मा
मेरोन्यूज
२०७८ माघ २८ गते १७:४९

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ ।
दुई दिन यता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको आज बसेको बैठकले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै अधिवेशन हुन बाँकी रहेका अन्य कुनै पनि तहको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए । निर्णयबारे निर्वाचन समितिले कार्यसम्पादन समितिको बैठकमा जानकारी समेत गराइएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया