एमसिसीमा अमेरिकाले चासो राख्नु स्वभाविक, दबाब दिएको भन्न मिल्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्न अमेरिकी अधिकारीहरूले राखेको चासोलाई दबाब भन्न नमिल्ने बताएको छ। विहिवार अमेरिकी विदेश साहायक मन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन दल कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्दका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित नभए राम्रो नहुने र चीनका कारण पारित नभएको अर्थमा बुझने सम्मको चेतावनी दिएको थियो ।
त्यसपछि यो विषयमा अमेरिकाले दवाव दिएको भन्दै आलोचना हुन थालेपछि कांग्रेसले यसलाई दवावका रुपमा वुझनु नहुने बताएको हो ।
कांग्रेस प्रवक्ता डा प्रकशशरण महतले यसलाई स्वभाविक चासोका रुपमा लिनुपर्ने बताएको हो ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको र त्यो स्वभाविक भएको बताए।
‘एमसिसीबाट हामीले प्राथमिकतामा राखेका पूर्वाधारमा सहयोग आउन लागेको हो। यसमा नेपालका सबै दलको सहभागिता छ। तपाईंहरूले नै छानेको परियोजना, तपाईंले नै पास गर्छौं भनी गरेको प्रतिवद्धता हो तर किन यसमा समस्या भइरहेको छ भनी उहाँहरूले सोध्नु स्वभाविक हो,’ प्रवक्ता महतले भने,‘यसलाई दबाब भन्न मिल्दैन। उहाँहरूले चासो राख्नु भएको हो।’
एमसिसी संसदबाट पारित गर्न कांग्रेसमा एकमत भएकाले अरू दलसँग छलफल गरेर प्रक्रिया अघि बढाउने महतले बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अब अर्को बैठक फागुन १ गते बस्नेछ। उक्त बैठकबाट पेस भएका विभिन्न प्रस्तावमा निर्णय हुने महतले जानकारी दिए।













नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया