आज तपाईंको राशीफलमा के छ ? तपाईंको दिन कस्तो ?

आज २९ माघ २०७८ शनिबार । तद्नुसार १२ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष एकादशी (भीमाएकादशी) नेपालको पवित्रधाम देवघाटको मकरस्नान समाप्ति भएको छ ।
आजको दिनलाई महिनाको अन्तिम दिन भएको हुनाले मसान्त भन्ने चलन पनि रहेको छ । मृगशिरा नक्षत्र, विष्कुम्भ योग, विष्टी करण, चन्द्रमा मिथुन राशिका रहेको छ । आज बिहान सूर्योदय ६ः४६ मा र सूर्यास्त १७ः५२ मा हुनेछ ।
मेष
आज व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारका सदस्यबाट साथ सहयोग पाउने संभावना रहेको छ । तपाईको कार्य योजना सफलताको लागि आफन्तजनको सहयोग बाट शुभ कार्य हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्व दिशा तर्फ यात्रा नगर्नु होला ।
वृष
वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा पुग्ने छ । तपाई सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्नेछ ।
मिथुन
परिवार र आफन्तजनहरुले तपाईमाथि स्नेह गर्नेछन् । चन्द्रमाको साथ रहेको छ, आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । तपाईको शुभ दिन रहेको छ । आज एकादशी समेत भएकाले व्रत बस्नुभयो भने मनमा प्रसन्नता छाउने छ । सामाजिक सेवाको काम गर्दा तपाईको लागि मानसम्मान समेत मिल्नेछ ।
कर्कट
पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । शनिवारको दिन कर्कट राशिमा जातकले गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।
सिंह
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । आजको दिन व्रत र मौन रहनु निकै लाभदायक हुनेछ ।
कन्या
मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । आज जेष्ठ सदस्यबाट आशीर्वाद प्राप्त गर्नु उत्तम हुनेछ ।
तुला
आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला ।
वृश्चिक
यात्राको अवसर आएपनि यात्रा गर्दा सोच विचार राख्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।
धनु
आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।
मकर
आजको दिन अध्यात्म साधना र आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।
कुम्भ
सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।
मीन
विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । कार्यको कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यसूची बनाउनु उत्तम हुनेछ ।












तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया