नेपाललाई युएईले दियो १९३ रनको लक्ष्य
मेरोन्यूज
२०७८ माघ २९ गते १३:५०

काठमाडौँ । नेपालसहित चार देशीय क्रिकेट शृङखलामा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई एक सय ९३ रनको लक्ष्य दिएको छ । ओमानको अल इमेरत क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ९२ रनको योगफल बनाएको हो ।
युएईका लागि ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेले । यस्तै, रोहन मुस्तफाले ४९ रन बनाएका थिए ।
यस्तै, मुहमद वासिम २२, बासिल हमिद १७ रन, मोहमद बोटा १४ रनको योगदान रहेको थियो । नेपालको वलिङमा साहव अलाम, आरिफ शेख र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए ।
आइसीसी टी २० विश्वकपको तयारी स्वरुप आयोजित शृङखलको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
नेपाल अमेरिकासँग पराजित
प्रतिक्रिया