किन टिक्दैनन् राष्ट्रिय दलित आयोगमा सचिव ?
बर्ष दिनमा ७ सचिव फेरिए, तीन महिनापनि टिक्दैनन सचिव, हाजिर नै नगरी केही सचिव फेरि अन्यत्रै सरुवा

काठमाडौं । सम्वैधानिक आयोगको रुपमा रहेको राष्ट्रिय दलित आयोगमा एक वर्षमै ७ जना सचिव फेरिएका छन् । पटक पटक आयोगमा सचिव फेरिँदा आयोगको काम नै प्रभावित बन्न पुगेको छ ।
गत वर्षको माघ २१ गते आयोमा नयाँ पदाधिकारी आाएका थिए । नयाँ पदाधिकारी आएपछि मात्रै पनि आयोगमा ७ जना सचिव फेरिएका छन् ।
आयोगमा अहिले देवराज विश्वकर्मा अध्यक्ष छन् । उनी आयोगको अध्यक्ष नियुक्त भएर आउँदा आयोगमा कृष्णप्रसाद धिताल सहससचिव थिए । त्यसपछि उनी आयोगको सचिव भएका थिए । तर नयाँ पदाधिकारी आएको करिव ३ महिना नपुग्दै उनको कृषि मन्त्रालयमा सरुवा भयो ।
त्यसपछि आयोगमा गत बैशाखमा सहसचिव नवराज ढुंगाना सचिव भएर आएका थिए । उनी पनि धेरै महिना आयोगमा टिक्न सकेनन । उनी पनि ५ महिनामै सरुवा भए ।
ढुंगाना गत भदौंमा अर्थ मन्त्रालय रोजेर हिँडे । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयमा उनी सरुवा भए ।
त्यसपछि दलित आयोगमा गत भदौमा मदन भुजेलको सचिवको रुपमा सरुवा भएर आईपुगे । सरकारले भुजेललाई दलित आयोगमा सरुवा गरेपनि उनी दुई महिनासम्म आयोगमा हाजिर हुनै पुगेनन । त्यतिन्जेल आयोगको बैठकले उपसचिव मनिता श्रेष्ठलाई निमित्त सचिव बनाएर काम चलायो । भुजेल आयोगमा हाजिर नै नभई अन्त सरुवा भए । आयोगका पदाधिकारीले उनको अनुहार समेत देख्न पाएनन् ।
त्यसपछि फेरि सरकारले गत कात्तिकमा विश्वप्रकाश अर्याल आयोगको सचिवका रुपमा सरुवा भएर पुगे ।
उनी पनि आयोगमा एक महिना पनि टिकेनन । उनले पनि लगत्तै सरुवा रोजिहाले । गत मंसिरमा अर्याल पनि सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे ।
त्यसपछि बिरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहसचिव प्रदिपकुमार निरौलालाई आयोगको सचिवका रुपमा नियुक्ति दिएर सरकारले पठायो ।
तर उनले सचिवको नियुक्ति पाएको १४ दिनमै अर्थात मंसिर २८ गते उमेर हदका कारण उनको अनिवार्य अवकाश भयो ।
मंसिर २९ गतेबाट फेरी आयोगको सचिव पद रिक्त भयो ।
त्यसपछि पुसमा मात्रै सहसचिवमा नियुक्त भएका निराजन घिमिरे सचिव भएर पुसमा आयोगमा पुगे ।
घिमिरे पनि दुइ महिना आयोगमा टिकेनन । उनले पनि त्यसपछि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय रोजे । उनको सरुवा भयो । यसै पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शिवराम गेलाललाई आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।
अहिले आयोगको सचिवको जिम्मेवारीमा रहेका अर्यालको सरुवा भएको पाँच दिन भयो । तर आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई सचिव सरुवा भएको जानकारी छैन ।
किन टिक्दैनन सचिव ?
राष्टिय दलित आयोगमा सचिव टिक्नै छोडे । वर्ष दिनमा ७ जना सम्म सचिव सरुवा आयोगमा भएको छ । अधिकाशं सचिवहरु अन्यत्रै जान रुची राख्ने गरेका कारण मात्रै आयोगमा सचिव टिक्न नसकेका हुन् ।
अधिकांश सचिवलाई थन्काउनका लागि मात्रै सरकारले आयोग पठाउने गरेको कारण पनि यो समस्या दोहोरिरहेको छ । आयोगमा साधन स्रोतको कमी भएका कारण पनि अधिकांश सचिव बस्न मान्ने गरेका छैनन् ।
कतिपय सहसचिवलाई कारवाही गर्ने ठाउँका रुपमा दलित आयोगमा सचिवको जिम्मेवारी दिने गरिएको छ । अधिकांश सहसचिव आउन नै चाहँदैननन् । आएको व्यक्ति पनि मन लगाएर काम गर्दैनन् । गरिहाले पनि सरुवाका लागि पहल गरिहेका हुन्छन् ।
















अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया