देउवा, प्रचण्ड र माधव भेटवार्ता
एमसीसीमा जुटेन सत्तारुढ दलमै सहमति, फेरि छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलका प्रमुख तीन दलका शीर्ष नेताहरुका वीचमा अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भएपनि फेरि पनि सहमति जुटेको छैन । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका वीचमा छलफल भएको थियो ।
तर बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री देउवाले एमसिसीमा सहमति कायम गरी संसदवाट अनुमोदन गर्न फेरि पनि गरेको प्रयासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहमति जनाएनन । दुवै नेताले शंसोधन विना एमसीसी पारित गर्न नसकिने अडान फेरि दोहोराएका छन् ।
दुवै नेताले चुनाव अगाडी एमसीसी पारित गरेर जान नसकिने पूरानै धारणा आजको छलफलमा पनि राखेका छन् ।
झण्डै साढे दुई घण्ठा तीन नेताले छलफल गरेका हुन् ।
एमसिसीमा सहमति नजुटेपछि बैठक फेरि बस्नेगरी टुंगिएको छ । ‘आज बसेको बैठकमा कुनै निष्कर्ष निस्किएन, छलफल भएका छन् , सहमति निस्केको छैन । बैठक फेरि बस्ने कुरा भएको छ,’ प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले भने ।
प्रचण्डको सचिवालयले पनि प्रमुख तीन नेताको छलफलमा सहमति नजुटेको जनाएको छ ।
बैठकमा देउवाले फागुन २ को संसद बैठकमा एमसीसी संसदमा लैजाने प्रस्ताव गरेका थिए । तर प्रचण्ड र माधव नेपालले भने प्रतिनिधीसभाको वैठक सार्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच भएको भेटवार्ताका क्रममा दुई गते हुने भनिएको संसद् अधिवेशन प्रमुख प्रतिपक्ष दल एमाले २ गते उपस्थित हुन नसक्ने र संसद् सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनु भएको छ , प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया