थप ८ सय ३६ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ माघ २९ गते १६:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।
यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन्।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया