शुक्रबार, फागुन २२, २०८२

मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल

मेरोन्यूज २०७८ माघ २९ गते १९:४८

काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् । पूर्वअर्थमन्त्री फोरमको बैठक आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए ।

बैठकमा विप्रेषण बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी, उद्यमशीलताको विकास गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयमा बृहत् छलफल भएको सिबिफिनले जनाएको छ ।

बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।

प्रतिक्रिया