मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल

काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् । पूर्वअर्थमन्त्री फोरमको बैठक आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो ।
बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए ।
बैठकमा विप्रेषण बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी, उद्यमशीलताको विकास गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयमा बृहत् छलफल भएको सिबिफिनले जनाएको छ ।
बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया