शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्बेक्षण कार्य थालनी भएको छ ।
निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडहरुमा विभाजन गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताए ।
तीन सातामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले बताएको छ
शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ ।
शनिवार उक्त कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुगेका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने बताए । संख्या पछि जैविक विविधतामा पर्ने असर लगायतमा महत्वपूर्ण कुरा सर्वेक्षणबाट थाहा हुने कुरा पनि उनले जानकारी दिए ।
निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए ।

















टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया