गाउँमा पुगेर कोरोनाविरुद्धको खोप लगाइयो

काठमाडौँ । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ । राप्ती सोनारी गाउँपालिका ४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए ।
उनका अनुसार राप्ती सोनारी ४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो । कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए ।
भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको वस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी ४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए । उनले नयाँ गाउँका वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिए ।
बाँकेको अतिविकट मानिने नयाँगाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी लगायतका गाउँ छन् । त्यहाँको पछिल्लो तथ्यांकनुसार १७० घर धुरीको बसोबास छ ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया