आजदेखि सर्वोच्चसहित सबै तहका अदालत सञ्चालन हुने

काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड १९ महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले आजदेखि सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।
गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतवारबाट पूर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताए ।
गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो । तर, गत ५ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ भने स्थगित गरेको थिएन ।
सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र सुनवाईलाई भने स्थगित गरिएको थिएन ।
कोभिड महामारी नियन्त्रणतर्फ गइरहेको जनाउँदै आइतबारदेखि सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरु पूर्ण रुपमा सञ्चालन हुने छन् ।
















इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया