गोरखा जिल्ला दुई वटा बनाउने निर्णय

पोखरा । केही महिनाअघि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनु पर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनु पर्ने बताएका थिए । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनु पर्ने भट्टराईले बताए ।
अहिले त्यहाँका स्थानीय राजनीतिक दलहरूले पनि जिल्ला टुक्र्याउने निर्णय गरेका छन् । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रूपमा घोषणा गर्नु पर्ने माग राखेका हुन् ।
यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।
कत्रो बन्छ जिल्ला ?
गोरखाको तीन हजार ६१० वर्गकिलोमिटर क्षेत्रफलमध्ये दुई हजार तीन सय वर्गकिलोमिटर दुई गाउँपालिकाले मात्रै ओगटेका छन् । तर जनसंख्या निकै कम छ । दुई पालिकाको जनसंख्या जम्मा २० हजार १५२ छ । जिल्लाको जनसंख्या भने दुई लाख ७२ हजार १६९ छ ।
सबै हिसाबले छिमेकी जिल्ला मनाङभन्दा ठूलो हुनेछ । मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्गकिलोमिटर र जनसंख्या ६ हजार पाँच सय ३८ मात्रै छ ।
धार्चे र चुमनुब्रीले ५० प्रतिशतभन्दा धेरै भूगोल ओगटेको भए पनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ । ‘यो क्षेत्र धेरै पिछडियो, सकेसम्म छुट्टै जिल्ला भए राम्रो नभए पनि विशेष संरक्षित क्षेत्रको रूपमा यसको विकास गर्नु पर्छ,’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘संविधानमा स्वायत्त क्षेत्रको परिकल्पना छ, हामीले छुट्टिएर बस्नेभन्दा विकास खोजेका हौँ ।’
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया