महाअभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सचिवालयको आइतबार बेलुका सम्पन्न बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको हो ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीशविरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताए । उनले यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको बताए ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको थियाे ।
सत्तागठबन्धन दलले प्रधानन्यायधीश जबराविरुद्ध २१ बुँदे अभियोग लगाउँदै आइतबार नै महाभियोग दर्ता गराएको छ ।
सत्ता गठबन्धन दलले महाअभियोग दर्ता गराएसँगै जबरा स्वतः पदमुक्त भएका छन् । वरिष्ठ न्यायाधीस दीपक कार्की कार्यबाहक प्रधानन्यायधीस तोकिएका छन् ।
जबराविरुद्धको अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया