महाअभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सचिवालयको आइतबार बेलुका सम्पन्न बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको हो ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीशविरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताए । उनले यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको बताए ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको थियाे ।
सत्तागठबन्धन दलले प्रधानन्यायधीश जबराविरुद्ध २१ बुँदे अभियोग लगाउँदै आइतबार नै महाभियोग दर्ता गराएको छ ।
सत्ता गठबन्धन दलले महाअभियोग दर्ता गराएसँगै जबरा स्वतः पदमुक्त भएका छन् । वरिष्ठ न्यायाधीस दीपक कार्की कार्यबाहक प्रधानन्यायधीस तोकिएका छन् ।
जबराविरुद्धको अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया