युवा संघमा बस्नेतलाई झट्का : पोखरा बैठकको निर्णय उल्टियो

काठमाडौँ । नेकपा एमालेभित्र युवा संघको विवाद चरम उत्कर्षमा पुगेको छ । युवा संघका इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य नेता महेश बस्नेतले मनोमानी गरेको भन्दै संगठन विभागमा परेको उजुरीलाई विभागले उल्टाएपछि विवाद चरम उत्कर्षमा पुगेको हो ।
युवा संघले पोखरा बैठकले गरेको निर्णय उल्टाउन संगठन विभागले निर्देशन दिएपछि युवा संघका इन्चार्ज महेश बस्नेतले संगठन विभागका प्रमुखमाथि आक्रोस पोखेका छन् । विभागले निर्णय उल्टाउन निर्देशन दिएपछि इन्चार्ज बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि समय मागेको र ओलीले समय नदिएपछि संगठन विभाग खगराज अधिकारीलाई सामाजिक सञ्जालमै गाली गर्न पुगेका छन् ।
उनले संगठन विभाग प्रमुख अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । नेता अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट मुक्त गर्नु पर्ने नेता बस्नेतले माग गरेका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन् । पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति बस्नेतले आक्रोश पोखेका हुन् ।
पार्टीको सचिवालयको बैठकले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो ? युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ? एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?’, इन्चार्ज बस्नेतले भनेका छन् ।
बस्नेतले संगठन विभाग अधिकारीलाई संगठन विभाग चलाउन अयोग्यको रहेको आरोप समेत लगाएका हुन् । ‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन् । तसर्थ खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु,’ उनले भनेका छन् ।
पोखरा बैठकमा सर्वसम्मतिको नाममा नेताहरुलाई हटाउने र राख्ने निर्णय गरेपछि उपाध्यक्ष रोशन बस्नेत,उर्मिला सुनुवार, रमेश तिवारी, अमित लामालगायतका पदाधिकारीको पार्टीको संगठन विभागमा उजुरी दिएका थिए । संगठन विभागले त्यसको छानबिन गरी पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।
सोही आधारमा पदाधिकारी बैठकले युवा संघले पोखरा बैठकबाट गरिएको निर्णय उल्टाउन संगठन विभागलाई निर्देशन दिएको र सो निर्देशन आइतबार युवा संघलाई पठाइएको थियो ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया