एमाले संसदीय दलको बैठक बस्दै, चार न्यायाधीशमाथि महाअभियोग प्रस्तावको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज सोमबार संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले बैठक बोलाएको हो ।
बैठकमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई पुनःस्थापना गर्ने र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्ने चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नेबारे छलफल गर्ने भएको छ । यसका लागि आज एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
गत वर्षमा २३ फागुन गते एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भई गठन भएको नेकपा खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले जुट्ने भएको हो । उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन एमालेका सांसदहरूले हस्ताक्षर सुरु गरिसकेको बुझिएको छ ।
आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव संसद सचिवालमा दर्ता गरेको छ । जसमा सत्ता गठबन्धन दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।
प्रधानन्याधीश जबराविरुद्ध महाअभियोग लगाउन गठबन्धन बहुमतमा भए पनि दुई तिहाई पुग्ने अवस्था छैन ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया