एमाले संसदीय दलको बैठक बस्दै, चार न्यायाधीशमाथि महाअभियोग प्रस्तावको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज सोमबार संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले बैठक बोलाएको हो ।
बैठकमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई पुनःस्थापना गर्ने र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्ने चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नेबारे छलफल गर्ने भएको छ । यसका लागि आज एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
गत वर्षमा २३ फागुन गते एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भई गठन भएको नेकपा खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले जुट्ने भएको हो । उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन एमालेका सांसदहरूले हस्ताक्षर सुरु गरिसकेको बुझिएको छ ।
आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव संसद सचिवालमा दर्ता गरेको छ । जसमा सत्ता गठबन्धन दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।
प्रधानन्याधीश जबराविरुद्ध महाअभियोग लगाउन गठबन्धन बहुमतमा भए पनि दुई तिहाई पुग्ने अवस्था छैन ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया