कामु प्रधानन्यायाधीशले बोलाए पूर्ण बैठक
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएसँगै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । आइतबार जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजे बस्ने गरी पूर्ण बैठक बोलाएका हुन् ।
बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटना, र अदालत सञ्चालन तथा न्यायपालिका सुधारबारेमा छलफल हुने भएको छ । बैठकमा न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्नेबारेमा समेत छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लागे पनि उनको पूर्ण बहिर्गमन नहुँदासम्म नेपाल बारले आन्दोलन जारी राख्ने बताउँदै आएको छ । यद्यपि, नेपाल बार एसोसिएसनले अदालतको काम कारबाहीमा बाधा नपुर्याउने बताएको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया