कामु प्रधानन्यायाधीशले बोलाए पूर्ण बैठक
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएसँगै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । आइतबार जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजे बस्ने गरी पूर्ण बैठक बोलाएका हुन् ।
बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटना, र अदालत सञ्चालन तथा न्यायपालिका सुधारबारेमा छलफल हुने भएको छ । बैठकमा न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्नेबारेमा समेत छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लागे पनि उनको पूर्ण बहिर्गमन नहुँदासम्म नेपाल बारले आन्दोलन जारी राख्ने बताउँदै आएको छ । यद्यपि, नेपाल बार एसोसिएसनले अदालतको काम कारबाहीमा बाधा नपुर्याउने बताएको छ ।
















भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया