आमाको हत्याको आरोपमा छोरा पक्राउ
मेरोन्यूज
२०७८ फागुन २ गते १२:३२
काठमाडौँ । आमाको हत्या गरेको आरोपमा मोरङ उर्लाबारीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी रहेका छन् ।
उनले आफ्नी आमा ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरिरहने भण्डारीले आइतबार अपराह्न साढे चार बजे वृद्धा आमालाई काठको चिर्पटले प्रहार गरेर घाइते बनाएका थिए ।
उनको आइतबार राति साढे १० बजेतिर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया