आमाको हत्याको आरोपमा छोरा पक्राउ
मेरोन्यूज
२०७८ फागुन २ गते १२:३२
काठमाडौँ । आमाको हत्या गरेको आरोपमा मोरङ उर्लाबारीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी रहेका छन् ।
उनले आफ्नी आमा ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरिरहने भण्डारीले आइतबार अपराह्न साढे चार बजे वृद्धा आमालाई काठको चिर्पटले प्रहार गरेर घाइते बनाएका थिए ।
उनको आइतबार राति साढे १० बजेतिर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया