शव व्यवस्थापनमा खटिएका सैनिकले समेत पाएनन् कोरोना बिमा

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएको नेपाली सेनाले संक्रमित भएपछि पाउने बिमा रकम नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई गुहारेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदा समेत बिमा रकम पाउन सकेका छैनन् ।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखि बिमा बापतको रकम उपलब्ध गराइदिन आग्रह गरेको हो ।
संक्रमित भएका सैनिकले बिमा रकम दाबी गरेको लामो समय बितिसक्दा पनि पाउन सकेका छैनन् । बिमा रकम निकासा नभएपछि सेनाले सहजीकरण गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय गुहारेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार हालसम्म ५ हजार ८६९ जना सैनिकले कोरोना संक्रमण भएवापत बिमा रकम दाबी गरेका छन् ।
‘बिमाको लागि आवेदन दिनेमध्ये ५ हजार ४६५ जनाको फाइल स्वीकृति भएको छ भने ४०४ जनाको फाइल स्वीकृत हुने क्रममा छ,’ सैनिक प्रवक्ता सिलवालले भने ।
बिमा दाबी गर्नेमध्ये हालसम्म ९०१ जना सैनिकले मात्रै बिमा वापतको रकम प्राप्त गरेका छन् । बिमा वापत प्रत्येकलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ । अर्थात हालसम्म कोरोना संक्रमण भएकामध्ये ९०१ सैनिकले ९ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
सैनिक प्रवक्ता सिलवालका अनुसार अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बिमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने बिमा रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
कोरोना महामारी नियन्त्रणमा नेपाली सेनालाई अग्रपंक्तिमा खटाइएको थियो । चीनबाट उद्धार गरी नेपालीलाई स्वदेश फर्काउने, क्वारेन्टिन सञ्चालन गर्ने, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्मको जिम्मेवारी सेनालाई दिइएको थियो ।
विश्वमा पहिलो पटक कोरोना संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
नेपालमा पहिलो कोरोना संक्रमित ९ माघ २०७६ मा भेटिएका थिए । त्यसयता हालसम्म नेपालमा ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
नेपालमा रहेका संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । (न्युज कारखाना)













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया