शुक्रबार, पुष ११, २०८२

शैक्षिक परामर्श संघहरुले बुझाए शिक्षासचिवलाई ज्ञापनपत्र

मेरोन्यूज २०७८ फागुन २ गते २०:३१

काठमाडौं । वैदेशिक शिक्षाका क्षेत्रमा भएको समस्याबारेमा शैक्षिक परामर्श संघ संस्थाहरुले शिक्षा मन्त्रालयका सचिवलाई आवश्यक पहलकदमी लिन भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा कार्य गर्ने परामर्श संघहरुको समूहले सोमबार शिक्षा सचिव यादबप्रसाद कोइराला तथा उच्च शिक्षा महाशाखा प्रमुख डा. हरि लम्साललाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् ।

वैदेशिक अध्ययनका सम्बन्धमा देखिएका विविध समस्या तथा समस्या निवारणका उपायहरुका सम्बन्धमा उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

नेपालमा प्रचलित ऐन कानून तथा शिक्षा ऐन तथा नियमावलीमा समेत स्पष्ट व्यवस्था नहुँदा नेपालमा शैक्षिक परामर्श व्यवसायलाई नियमित र व्यवस्थित बनाउन नसकिएको उनीहरुको भनाइ छ ।

उनीहरुले सेवा सञ्चालन स्वीकृति, वैदेशिक अध्ययन अनुमति पत्र, शैक्षिक शुल्कको बीमा, विद्यार्थी कल्याणकोषको ब्यवस्था लगायतको विषय समेटेर शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

साथै उनीहरुले सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै यसका निमित्त मन्त्रालयको सकारात्मक पहलकदमीको प्रशंसा पनि गरेका छन् ।

नेपालमा हाल १ हजार ४ सय ७३ शैक्षिक परामर्शदाता कम्पनीहरुले सरकारको स्वीकृति लिएर शैक्षिक परामर्शको काम गर्दै आएका छन् भने झण्डै १ हजार कम्पनी र संस्थाहरु परामर्शदाताको नाममा अनौपचारीक रुपमा वैदेशीक शिक्षा सम्वन्धि परामर्श दिइरहेका छन् ।

प्रतिक्रिया