शैक्षिक परामर्श संघहरुले बुझाए शिक्षासचिवलाई ज्ञापनपत्र

काठमाडौं । वैदेशिक शिक्षाका क्षेत्रमा भएको समस्याबारेमा शैक्षिक परामर्श संघ संस्थाहरुले शिक्षा मन्त्रालयका सचिवलाई आवश्यक पहलकदमी लिन भन्दै ज्ञापनपत्र बुझाएका छन् ।
शैक्षिक परामर्श क्षेत्रमा कार्य गर्ने परामर्श संघहरुको समूहले सोमबार शिक्षा सचिव यादबप्रसाद कोइराला तथा उच्च शिक्षा महाशाखा प्रमुख डा. हरि लम्साललाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् ।
वैदेशिक अध्ययनका सम्बन्धमा देखिएका विविध समस्या तथा समस्या निवारणका उपायहरुका सम्बन्धमा उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
नेपालमा प्रचलित ऐन कानून तथा शिक्षा ऐन तथा नियमावलीमा समेत स्पष्ट व्यवस्था नहुँदा नेपालमा शैक्षिक परामर्श व्यवसायलाई नियमित र व्यवस्थित बनाउन नसकिएको उनीहरुको भनाइ छ ।
उनीहरुले सेवा सञ्चालन स्वीकृति, वैदेशिक अध्ययन अनुमति पत्र, शैक्षिक शुल्कको बीमा, विद्यार्थी कल्याणकोषको ब्यवस्था लगायतको विषय समेटेर शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
साथै उनीहरुले सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै यसका निमित्त मन्त्रालयको सकारात्मक पहलकदमीको प्रशंसा पनि गरेका छन् ।
नेपालमा हाल १ हजार ४ सय ७३ शैक्षिक परामर्शदाता कम्पनीहरुले सरकारको स्वीकृति लिएर शैक्षिक परामर्शको काम गर्दै आएका छन् भने झण्डै १ हजार कम्पनी र संस्थाहरु परामर्शदाताको नाममा अनौपचारीक रुपमा वैदेशीक शिक्षा सम्वन्धि परामर्श दिइरहेका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया