कुटपिटमा परेका युवकको मृत्यु

डडेलधुरा । डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।
आज बिहान डडेल्धुराको आलिताल गाउँपालिका¬–४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी कुटपिटबाट अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका प्रहरीले जनाएको छ । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो ।
त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रहरी निरीक्षकका चन्दका अनुसार मृतक सिजापतीको शरीरभरि चोटपटक रहेका छन् ।
सिजापतीकोे कुटपिट गरी हत्या गरेको आशङ्कामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया