बुधबार, पुष १६, २०८२

तपाईंको आजको दिन कस्तो ? के भन्छ राशीफल ?

मेरोन्यूज २०७८ फागुन ३ गते ६:४०

आज ३, फागुन २०७८, मंगलबार । तद्नुसार फेब्रुवरी १५ तारिक २०२२ । माघशुक्लपक्ष चतुर्दशी९श्री पशुपतिनाथमा छायाँ दर्शन गर्ने दिन० आज पशुपतिनाथमा मध्यान्ह नित्यपूजा गरिसकेपछि छायाँ दर्शन हुने गर्दछ । आज विहान सूर्योदय ६ः४३ मा हुनेछ भने १७ः५४ मा सूर्यास्त हुनेछ । आज तिष्य नक्षत्र, सौभाग्य योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।

मेष
मेष राशिका जातका लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने र आर्थिक व्याय हुने देखिन्छ । बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान मंगलबारको दिन खरिद नगर्दा राम्रो हुनेछ ।

वृष
आजको दिन अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मनमा प्रसन्नता छाउने छ ।

मिथुन
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र व्यापारव्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला ।

कर्कट
तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । चन्द्रमाको साथ रहेको छ त्यसैले आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । बिहान उठेर सूर्यनारायणको दर्शन गर्नुहोला । आजको दिन तपाईले गरेका कामका सफलता मिल्नेछ ।

सिंह
तपाईंले घरपरिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । आफन्तजनसँग भैरभाव हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु नै शुभ हुनेछ ।

कन्या
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्याहरुलाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला
समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ ।

वृश्चिक
व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा जेष्ठ र श्रेष्ठ ब्यक्तिलाई जानकारी दिएर मात्र काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु
आज तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।

मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आर्थिक हानी समेत हुनसक्छ । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग सम्बन्ध विस्तार हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला । मीन राशिका जातकले मंगलबार कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । आजको दिन शैक्षिक कार्यको शुरुवात गर्न सकिन्छ । आजको दिन नियमित कार्यबाट नयाँ कामको शुरुवात नगर्नु उत्तम हुनेछ ।

प्रतिक्रिया