साहित्याकार तारानाथ शर्माको निधन
मेरोन्यूज
२०७८ फागुन ३ गते १२:२५

काठमाडौँ । साहित्यकार तारानाथ शर्माको निधन भएको छ । ८७ वर्षको उमेरमा आज उनको निधन भएको हो ।
डिमेन्सिया (बिर्सने रोग), उच्च रक्त चाप र मधुमेहबाट ग्रसित भएका शर्माको मंगलबार बिहान घरमै निधन भएको उनको परिवारले जनाएको छ ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दालगायत दर्जनौँ कृति चर्चित छन् ।
२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । उनको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।
सम्बन्धित













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया