गृह मन्त्रालयको दबाब : प्रहरीमा नियमितभन्दा काज सरुवामा रूची

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नियमित सरुवालाई रोकेर काज सरुवालाई ध्यान दिन थालेको छ । शक्ति केन्द्रको आडमा डिएसपी र एसपीले काज सरुवा लिँदै जिल्लाको कमाण्ड लिएर जान थालेका छन् ।
डिएसपी र एसपीको नियमति सरुवा नभएको १४ देखि १७ महिनासम्म भएको छ । तर, प्रहरी प्रधान कार्यालयले शक्ति केन्द्रको दबाबमा नियमित सरुवा गर्नुका साटो काज सरुवा गरेको छ । एक सातामा दुई १० डिएसपी र ३ एसपीको काज सरुवा गरेको हो ।
गृह मन्त्री बालकृष्ण खाँण र उनका सचिवालयका व्यक्तिहरू सरुवामा हावी हुँदा प्रहरी प्रधान कार्यालयले नियमित सरुवामा अवरोध भएको प्रहरी स्रोतको दावी छ । ‘नियमित सरुवा कुरेर बसेका प्रहरी अधिकारीलाई शक्ति केन्द्रले थिचेपछि उनीहरु निराश बनेका छन्’, प्रहरी प्रधानकर्यालय स्रोतले भन्यो ।
प्रहरी प्रधान कार्यालयले डिएसपी र एसपीको नियमित सरुवा गर्न सकेको छैन । ‘नियमति सरुवमा गृह मन्त्रालय बाधक रहेको छ आइजीपीले सरुवा गर्न खोजिरहेका थिए, गृह मन्त्रालय धाउने एसपीका कारण सरुवा रोकिएको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
उनका अनुसार एसपी मात्रै होइन डिएसपीको पनि नियमित सरुवा गर्ने बेला भएको छ । एसपीको सरुवा सकिएलगत्तै डिएसपीको सरुवा हुने भएकाले प्रहरी प्रधान कार्यालयले डिएसपी सरुवाको पनि तयारी गरेको छ । निर्वाचन आचार संहिता लागु नहुँदै प्रहरी प्रधान कार्यालयले सबै प्रहरीको नियमित सरुवा गर्ने तयारी गरेको स्रोतको दावी छ । तर प्रहरी प्रवक्ता विष्णुकुमार केसीले सरुवामा गृहमन्त्रालयको दबाब नभएको दावी गरे ।
‘बाहिर हल्ला जसरी पनि आउने गरेको छ, तर सरुवामा मन्त्रालयको दबाब छैन, कोही कसैको दबाब छैन, नियमित सरुवाकै प्रकृयाअघि बढिरहेको छ, केही जिल्लामा चाडै नै कार्यालय प्रमुख पठाउनु पर्ने भएकाले काज सरुवा गरिएको हो’, एसएसपी केसीले भने । १० डिएसपी र ३ एसपीको सरुवा गृह मन्त्रालयकै दबाबमा गरिएको स्रोतको दावी छ ।
नियमिति सरुवालाई रोकेर १० डिएसपी र ३ एसपीको काज सरुवा गरेकोमा प्रहरीभित्रै असन्तुष्टि रहेको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा नवराज अधिकारीलाई पठाइएको छ । महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीलाई काज सरुवा गरिएको छ ।
लामो समयदेखि एसपीको नियमित सरुवा हुन सकेको छैन । तर, प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर काज सरुवा गरेको हो । चितवनमा कार्यरत ओम प्रसाद अधिकारीलाई अख्तियार, महोत्तरीमा कार्यरत दिनेश आचार्यलाई अपराध महाशाखा र बर्दियामा कार्यरत ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । चितवन जानका लागि पंगेनीले लामो समय गृह मन्त्रालय धाएका थिए । तर, प्रचण्डले अधिकारीलाई पठाउन चाहेपछि पंगेनीलाई महोत्तरी पठाइएको हो ।
महोत्तरीमा सरुवा गरिएका पंगेनीले यसअघि बारा जिल्लाको कमाण्ड गरेका थिए । बाराबाट फर्केको केही समय अपराध महाशाखामा बसेका पंगेनीलाई फेरि मधेस प्रदेशकै जिल्लामा पठाइएको छ । उनी लामो समयदेखि आकर्षक पोष्टिङ पाउने प्रहरी अधिकारीमा पर्छन । प्रहरी निरिक्षक हुँदा काठमाडौँको मुद्दा शाखामा रहेका पंगेनी विवादमा मुछिएका थिए ।
त्यसैगरी २०७७ असारबाट कपिलवस्तुमा एकवर्ष काम गरेर फर्केका नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ । कपिलवस्तुमा तुलनात्मक रुपमा राम्रो काम गरेका एसपी अधिकारीले माओवादीको सोर्स लगाएकोमा प्रहरी प्रधानकार्यालय असन्तुष्ट रहेको छ । कपिलवस्तु जानुअघि बाँके जान तयार भएका अधिकारीलाई यसअघि कपिलवस्तु पठाइएको थियो ।
प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले तराईबाट फर्केकालाई तराईको जिल्लामा कमाण्ड नदिने आचारसंहिता बनाएका थिए । तर, शक्ति केन्द्रमार्फत दबाब दिएपछि पंगेनी र अधिकारीको हकमा त्यो लागु भएन । पंगेनी र अधिकारीले आकर्षक जिल्लामा काज गराएका छन् ।
बर्दियामा सरुवा भएका शाहीले एसपीमा बढुवा भएपछि जिल्ला कमाण्ड गर्ने अवसर पाएका थिएनन् । उनको हकमा न्याय भएको भए पनि दुई प्रहरी अधिकारीले भने प्रहरी प्रधान कार्यालयको आचार संहितालाई शक्तिको आडमा लत्याएका छन् । ‘प्रहरी महानिरिक्षक र भावी प्रहरी महानिरिक्षकको दावी गरिरहेका एआइजी विश्वराज पोखरेलले दुवै एसपीलाई शक्ति केन्द्रको दबाबमा काज सरुवा गरिदिएका हुन् ।
‘प्रहरी संगठनको चेनअफ कमाण्ड सबै राजनीतिक दलका नेताहरुको घरभित्र पसेको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । हाल महानगरीय अपराध महाशाखाका कृष्ण कोइराला, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका मनोज केसी, सिन्धुपाल्चोकका राजन अधिकारी, गोरखाका शेखर खनाल, गुल्मीका गोपाल भट्टराई धेरै एसपी अधिकृतहरू नियमित सरूवा कुरेर बसेको भए पनि उनीहरुले काज सरुवामा बाजी मारेका छन् । ३० भन्दा बढी डिएसपीहरु नियमित सरूवा कुरेरै बसेका भए पनि उनीहरुले नियमित सरूवा माग्दा पनि पाएका छैनन् ।
मन्त्रालयकै दबाबमा प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौँ उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डिएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ । यस्तै, दोलखामा डिएसपी गंगाप्रसाद पौडेल, रसुवामा डिएसपी कुलदीप चन्द र रामेछाप डिएसपी राजकुमार थिङको काज सरुवा गरेको छ ।
दोलखामा रहेका डिएसपी भेषराज रिजालको अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुंगानाको प्रदेश १ प्रहरी कार्यालय र रसुवामा रहेका देवेन्द्र पाण्डेको जगेडा पुलमा सरुवा गरेको छ । यस्तै, वृत्त चापागाउँमा रहेका टेकबहादुर कार्की क्षेत्रीको कार्य विभाग र वृत सातदोबाटोमा रहेका दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा गरेको छ ।













स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया