एमसीसी अगाडि बढाउन सभामुखलाई भनिसकेको छु : प्रधानमन्त्री
संसदीय दलको बैठकबाटै सभामुखलाई प्रधानमन्त्रीको फोन - कार्यब्यवस्था समितिको बैठक बोलाउनुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)सँगको अनुदान सम्झौता संसद्मा अव टेबल हुने बताएका छन् । त्यसवारेमा आफुले सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको पनि प्रधानमन्त्रीले बताएका छन् ।
पार्टी संसदीय दलमा सम्वोधन गदै प्रधानमन्त्रीले अव यस विषयमा नाफाघाटा नहेरी कांग्रेसले एमसीसी सम्झौता अनुमोदनका लागि काम गर्नुपर्ने बताए । उनले कम्युनिष्टहरुले यस विषयमा खाली दोहोरो चरित्र देखाएका कारण मात्र अहिलेसम्म अल्झिरहेको र अव अल्झाएर राख्न नसक्ने धारणा राखेका थिए ।
‘हामी एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु,’ प्रधानमन्त्रीको भनाई उदधृत गदै कांग्रेसका एक सांसदले भने, – ‘अव एमसीसीमा अल्झिएर बस्नु हुदैन । सरकारले अव संसदमा टेवुल गर्न ल्याउँछ । सभामुखलाई पनि मैले यस बारेमा कुराकानी गरिसकेको छु । अव यसलाई कसरी हुन्छ पारित गरेर जाने तिर कांग्रेसले भूमिका खेल्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बुधबारको बैठकमै एमसीसी टेबल हुन सक्ने संकेत पनि गरे । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गर्ने कुरामा सबै दलको सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । देउवाले बैठक चलिरहेकै बेला सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत भनेका थिए ।
बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सन्दर्भमा एमालेले षड्यन्त्र भइरहेको भन्नुमा प्रश्न उठाएको बताए । ‘हामीले जुन एमसीसी सम्झौता संसद्मा टेबल गर्ने भनिरहेका छौँ, यो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते नै संसद्मा दर्ता गराएको हो, त्यसबेला ओली सरकारले संसद्मा अघि बढाउन नसकेको विधेयकलाई यो सरकारले अघि बढाउँदा कसरी षड्यन्त्र हुन्छ ?,’ एमसीसीबारे एमाले सचेतक विशाल भट्टराईको अभिव्यक्तिबारे देउवाले बैठकको बोलेको उदृत गर्दै थापाले भने, ‘यो विषयले त एमाले खुसी हुनुपर्ने हो ।’
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया