चैतबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने सरकारको निर्णय, पत्रकार महासंघको आपत्ति

काठमाडौं । सरकारले पत्रकारहरुको पारिश्रमिक निर्धारण गर्न गठित न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण समितिलाई पत्र पठाएर खारेज गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका शाखा अधिकृत बन्दना श्रेष्ठले १९ मंसिरमा पठाएको पत्रअनुसार चैत मसान्तभित्र खारेज हुने निर्धारण समितिको सम्पूर्ण जायजेथा सूचना तथा प्रसारण विभागलाई हस्तान्तरण गर्न पनि निर्देशनमा उल्लेख गरिएको छ । सोको जानकारी सञ्चार मन्त्रालयलाई पनि गराउन पत्रमार्फत भनिएको छ ।
‘चैतभित्रमा समिति खारेजीको पत्र आएको छ । सरकारको सो निर्देशन कार्यान्वयन गर्नु मेरो दायित्व र कर्तव्य हो,’ अध्यक्ष राजेन्द्र अर्यालले भने, ‘तर, पत्रकारको हक हितका लागि स्थापना गरिएको पारिश्रमिक निर्धारण समितिलाई खारेजी गर्ने निर्णयप्रति मेरो गम्भिर आपत्ति छ, यसबारेमा सरोकारवाला निकायसँग छलफल चलाइरहेको छु ।’
अध्यक्ष अर्यालको कार्याकाल २२ फागुनमा सकिँदै छ ।
‘समितिले के कति काम कारवाही ग¥यो, त्यो समीक्षाको विषय हुन सक्छ,’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्टले भने, ‘अहिले सरोकारवाला निकायसँग छलफल नै नगरी सरकारले जसरी समिति नै खारेजी गर्ने निर्णय लियो, यो दूर्भाग्यको विषय हो । समितिले त पारिश्रमिक निर्धारण गर्ने मात्र होइन, कार्यान्वयन भयो कि भएन पनि हेर्ने निकाय भएकाले यो खारेजी हुनु हुँदैन्थ्यो ।’
उनका अनुसार यसबारेमा आगामी शुक्रबार बोलाइएको पत्रकार महासंघको बैठकले औपचारिक धारणा सार्वजनिक गर्नेछ । पत्रकारहरूको आन्दोलनका कारण २०५१ सालमा श्रमजीवि पत्रकार ऐन बनेको र सो ऐनमा टेकेर बनाइएको पारिश्रमिक निर्धारण समिति नै खारेज गरिदिएपछि कानुनी रुपमा पत्रकार अलपत्र पर्ने बिष्टको भनाइ छ ।













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया