पाँच पार्टीले गरे भोलि नेपाल बन्दको घोषणा
राष्ट्रिय जनमोर्चा कार्यगत एकताबाट बाहिरियो

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आन्दोलनरत दलहरुले भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।
एमसीसीविरुद्ध कार्यगत एकता गर्दै संयुक्त संघर्ष गर्दै आएको सत्ता गठबन्धनको दल राष्ट्रिय जनमोर्चा भने संयुक्त आन्दोलनबाट बाहिरिएको छ ।
एमसीसीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देजमोले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कार्यक्रममा राष्ट्रिय जनमोर्चा सहभागी नभएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।
यसअघि सोही मोर्चामा मोहनविक्रम नेतृत्वको नेकपा मसाल र सोही पार्टीको राष्ट्रिय जनमोर्चा पनि यीनै दलहरुसँग एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा थियो ।
फागुन १ गते मसाल र जनमोर्चासहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा सम्मिलित बैठकले फागुन ४ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र विरोधसभाहरु गर्ने भनी निर्णय गरेका थिए ।














माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया