कांग्रेसको भ्रातृ संगठनहरु विघटन

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ संगठनहरु विघटन भएका छन् । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संगठनहरुको म्याद नथप्ने निर्णय गरेसँगै विघटन भएका हुन् ।
कांग्रेसका भातृ संस्था तरूण दल, नेविसंघ, नेपाल प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल तामाङ्ग संघ, नेपाल ठाकुर समाज लगायतका भ्रातृ संगठनहरुको म्याद गत साउन ३१ मा ६ महिना थप गरिएको थियो । ६ महिना थपिएको म्याद पनि माघ ३१ गते सकिएको थियो ।
अधिकांश भातृ संस्थाका अध्यक्षहरु पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।
काँग्रेसका १३ भ्रातृ संगठन र १८ वटा शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।
भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने भएको छ । कार्य सम्पादन समितिले नयाँ कमिटी ल्याउने अधिकार पार्टी सभापतिलाई दिएको छ ।
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया