सत्तागठबन्धनमा फेरि खटपटको संकेत
एमसीसीमा माओवादीको शर्त : पहिले संसद अवरोध हटाऔं
सत्ता गठबन्धन दलकै फरक अडानका वीच एमसीसी संसदमा लैजाने-नलैजाने सभामुखको निर्णयमा निर्भर हुने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदमा लैजाने – नलैजाने विषयमा अझै सत्तारुढ दलकै वीचमा मतभेद देखिने भएको छ । सभामुख अग्नि सापकोटाले भोलि (फागुन ४) को संसद बैठक अगाडी बोलाएको कार्यब्यवस्था परामर्श समितिको बैठकमै सत्ताघटक मुख्य दलहरुकै वीचमा खटपट पर्ने संकेत देखिएको छ ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बढुले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेश गर्ने कार्यसूची राख्न सभामुख सापकोटालाई कार्यब्यवस्था परामर्श समिति बैठकमा आग्रह गर्ने तयारी गरेका छन् । कांग्रेसले त्यसका लागि मंगलबार दिनभर संसदीय दलको बैठक देखि पार्टी कार्यसम्पादन समिति बैठक सम्म राखेर एमसीसी संसदमा टेवुल गरेर लैजाने विषयमा छलफल गरेको छ ।
भोलिकै बैठकमा एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि प्रस्ताव सभामुखले कार्यसूचीमा राखेर लानुपर्ने काग्रेसको मत छ । कार्यसम्पादन समितिको बैठक समेत राखेर कांग्रेसले सभामुखले रोक्न नमिल्ने बताईसकेको छ ।
कांग्रेसको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय हित,अन्तराष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससंग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसदमा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि वहानामा रोक्न, आलटाल र अबरोध गर्न मिल्दैन । यो संवेदनशीलतालाई बुझेर तत्कल यो विषयलाई संसदको एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी हो ।’
तर, सरकारकै अर्काे घटक माओवादी केन्द्रले कार्यब्यवस्था परामर्श समिति बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्नु अगाडी प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी राखेको अवरोध हटनुपर्ने अनिवार्य शर्त राख्ने भएको छ । संसदमा सम्झौता अनुमोदनका लागि सरकारले पेश गरेपनि यथास्थितीमा एमसीसीको पक्षमा उभिन नसक्ने प्रष्टै धारणा राख्दै आएको माओवादीले सम्झौता संसदमा टेवुल गर्नु अगाडी प्रतिपक्षी दलले जारी राखेको संसद अवरोध पहिले खुल्नुपर्ने पूर्व शर्त अगाडी सार्ने भएको हो । यसले सत्तारुढ दुई घटककै वीचमा फेरि खटपट बढने देखिएको हो ।
एमसीसीका विषयमा राष्टिय सहमति निर्माण पछि मात्र संसदमा प्रवेश गराउनु पर्ने बताउँदै आएको माओवादीले सभामुखले भोलि विहान साढे ११ बजे बोलाएको कार्यब्यवस्था परामर्श समितिमा त्यही अनुसार प्रस्तुत हुने अनौपचारिक तयारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा दिउँसो १ वजेदेखि साँझसम्म बसेको शीर्ष नेताहरुको अनौपचारिक छलफलले त्यस्तो शर्त राखेर जाने समझदारी निर्माण गरेको हो ।
माओवादीले भोलि विहान १० बजे बोलाएको संसदीय दलको बैठकमा पनि यस बारेमा थप छलफल गर्ने छ । ‘सभामुखले कार्यब्यवस्थाको बैठक बोलाउनुभएको छ । त्यो बैठकमा संसद अवारधे नखुलाई सरकारका तर्फबाट (कांग्रेस) एमसीसी संसदमा लैजाने अडान राखेमा हामी माओवादीले पहिले एमालेले जारी राखेको संसदको अवरोध हटनुपर्ने शर्त राखेर जान्छौं,’ खुमलटार बैठकमा सहभागी माओवादीका एक शीर्ष नेताले मेरोन्यूजलाई बताए ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को खुमलटारस्थित निवासमा पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक छलफल भएको थियो । छलफलमा अध्यक्ष प्रचण्ड सहित नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन , जर्नादन शर्मा, देवेन्द्र पौडेल, हरिवोल गजुरेल, राम कार्की लगायतका नेताहरु सहभागी थिए ।
छलफलमा सहभागी माओवादी केन्द्रका ति नेताले मेरोन्यूजलाई दिएको जानकारी अनुसार संसदमा जारी अवरोध नहटेसम्म एमसीसी संसदमा जान सकभर माओवादी केन्द्रले रोक्नेछ ।
‘पहिले संसदमा एमालेले गरिरहेको अवरोध हटनु परयो, अहिलेसम्म त्यो अवरोध एमालेले हटाउने कुरा गरेको छैन,’ माओवादीका ति नेताले भने, –‘एमालेले संसदको अवरोध हटाएपछि मात्र यो विषय संसदमा प्रवेश पाउन सक्छ । त्यसपछि संसदमा प्रवेश पाएपनि त्यसमा संशोधन र परिमार्जन नभएसम्म माओवादीले साथ दिनै सक्दैन । हामी विरोधमै हुन्छौं ।’
प्रधानमन्त्री शेरवहादुर देउवाले भने भोलिको संसद बैठकमै एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने गरी तयारी थालेका छन् । उनले पार्टीको संसदीय दलको बैठकबाटै सभामुख अग्नि सापकोटालाई टेलिफोन गरी कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहकै कारण संसदको बैठक अगाडी भोलि सभामुखले विहान सढे ११ वजे कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।












EU urges calm, restraint to avoid escalation in Venezuela
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया