एमसीसीविरुद्ध काठमाडौंसहित देशैभर मशाल जुलुस
बन्द असफल बनाउन गृह मन्त्रालयको सर्कुलर

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध ६ वटा कम्युनिस्ट पार्टीले मंगलबार साँझै काठमाडौंसहित देशैभर मशाल जुलुस प्रदर्शन गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरिएपछि विप्लव, मोहन वैद्य, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पाँच कम्युनिस्ट पार्टी र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् ।
बन्द आह्वान गरिएको पूर्व सन्ध्यामा देशैभर मशाल जुलुस प्रदर्शन गरिएको मोर्चाका अध्यक्ष सीपी गजुरेलले बताए ।
बन्द सफल बनाउन भन्दै नेपाल बन्दको पूर्व सन्ध्यामा मंगलबार बेलुका चितवनको लायन्सचोकबाट पुल्चोकसम्म मशाल जुलुस निकालेको मेरोन्यूजकर्मीले जानकारी दिए ।

एमसीसीविरुद्ध ६ पार्टीले बुधबार सशक्त र जुझारु नेपाल बन्द गर्ने बताएका छन् ।
गृह मन्त्रालयले मंगलबार नै सबै जिल्ला प्रशासनलाई सर्कुलर गरी मशाल जुलुस बन्द जस्ता कार्यक्रम गर्न नदिन निर्देशन दिए पनि अधिकांश जिल्लामा मंगलबार बेलुका मशाल जुलुस निकालेका छन् ।
गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ३ गते साँझ मशाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले कुनै पनि गतिविधि हुन नदिन भन्दै गृहमन्त्रालयले सबै जिल्ला प्रशासनलाई सर्कुलर गरेको थियो ।
सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाइ जिल्लाको समग्र शान्ति सुरक्षा र सुब्यवस्थालाई चुस्त दुरुस्त बनाउन गृहले मातहतका निकायलाई आदेश दिएको छ ।
गृहकाे सर्कुलर

















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया