आज बन्दको घोषणा, कोटेश्वरवाट एक जना पक्राउ

काठमाडौं । एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
काठमाडौं उपत्यकामा बन्दको प्रभाव परेको छैन । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । काठमाडौंको कोटेश्वरवाट बन्द गराउन हिडेका र गुडिरहेको ट्याक्सी रोकेर आगो लगाउन खोजेका काभ्रेका मंगल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, आज बिहान पौने ६ बजे कोटेश्वर चोकमा ट्याक्सीमा आगो लगाउन खोज्दै गर्दा मोक्तान प्रक्राउ परेका हुन् । उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन् ।
गुडिरहेको बा २ ज ३०९० नम्बरको ट्क्यासीमा प्रट्रोल खन्याएर आगो लाउन खोज्दा प्रहरीले मोक्तानलाई नियन्त्रणमा लिएको हो । यसवाहेकका अन्य घटना उपत्यकाभित्र अहिलेसम्म देखा नपरेको प्रहरीको भनाई छ ।
बन्द घोषणाका कारण उपत्यकामा जनजीवन सामान्य देखिएपनि लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।
गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।
ुनेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छु गृहमन्त्रालयले भनेको छ ।
















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया