संसद भवन प्रवेशमा पनि कडाइ

काठमाडौं । एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि काठमाडौं जिल्ला प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था कडा बनाएको हो । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताए । बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।
संसद भवन क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइएको एक प्रहरी अधिकारीले बताए । संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।
सभामुख अग्नि सापकोटाले आज बिहान साँढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसपछि दिउँसो १ बजे संसद बैठक बस्नेछ ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया