माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिए मात्र जसपाले दिने

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), नेपालले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गर्ने निर्णयको आधारमा रणनीति बनाउने भएको छ ।
माओवादी र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा पक्षमा मतदान गरे पक्षमा र विपक्षमा मतदान गरे विपक्षमा मतदान गर्ने रणनीति बनाएको हो ।
‘माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षरविपक्षमा जस्तो भूमिका खेल्छ उनीहरुकै आधारमा जसपाले आवश्यक निर्णय लिनेछ,’ जसपाका सांसद मोहम्मद इस्तीयाक राइले भने ।
सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले अवस्थामा एमसीसी पास गर्न नसकिने स्पष्ट बताउँदै आएका छन् । उनीहरुले एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसीलाई हालकै अवस्थमा प्रतिनिधिसभामा टेवल गरी अनुमोदन गनुपर्ने निर्णय गरिसकेको छ ।
जसपामा पनि बाबुराम भटटराई एमसीसीको पक्षमा खुल्दै आएका छन् । तर अन्य नेताहरु खुलेका थिएनन ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज रास्वपाको वृहत्तर एकता घोषणा सभा गर्दै
प्रतिक्रिया