एमसीसीविरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी (फाेटाेफिचर)
मेरोन्यूज
२०७८ फागुन ४ गते १२:५०

काठमाडौं । संसद भवन अगाडी एमसीसीको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो । प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् ।
प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैनलगायत नारा लगाएका छन् ।
प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् ।
उता, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज संसदमा एमसीसी पेस नगर्ने सहमती भएको छ ।





सम्बन्धित












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया