मनहरीमा सामुदायिक आँखा केन्द्र

हेटौडा । मनहरी गांउपालिकाको आर्थिक सहयोग र हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग एवम् योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरीयाबाट प्राप्त उपकरणहरुको सहायोगमा संचालित सामुदायिक आँखा केन्द्र मनहरी समुद्घाटन भएको छ ।
मनहरी गांउपालिकाका अध्यक्ष एकराज उप्रेती र नेपाल आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको सयुंक्त रुपमा मंगलबार उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रश सोसाईटी मनहरी उपशाखा मनहरी र हेटौडा सामुदायिक आँखा अस्पतालको समन्वयमा साप्तााहिक रुपमा संचालित आँखा केन्द्रलाई गांउपालिकाको समन्वयमा दैनिक रुपमा संचालन गर्न लागिएको बताइएको छ ।
मननहरी गांउपालिका अध्यक्ष एकराज उप्रेतीज्यूले आँखा स्वास्थ्यको क्षेत्रमा विकास गर्न मनहरी गांउपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
नेपाल आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणको लागि लागि परिरहेको र मकवानपुरमा पहिलो पटक आंखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु गरेको बताए ।
उक्त अवसरमा श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्च सिद्धि फाउण्डेशन मार्फत २५ जना विपन्न बिरामीहरुलाई निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताए ।
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया