मनहरीमा सामुदायिक आँखा केन्द्र

हेटौडा । मनहरी गांउपालिकाको आर्थिक सहयोग र हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग एवम् योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरीयाबाट प्राप्त उपकरणहरुको सहायोगमा संचालित सामुदायिक आँखा केन्द्र मनहरी समुद्घाटन भएको छ ।
मनहरी गांउपालिकाका अध्यक्ष एकराज उप्रेती र नेपाल आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको सयुंक्त रुपमा मंगलबार उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रश सोसाईटी मनहरी उपशाखा मनहरी र हेटौडा सामुदायिक आँखा अस्पतालको समन्वयमा साप्तााहिक रुपमा संचालित आँखा केन्द्रलाई गांउपालिकाको समन्वयमा दैनिक रुपमा संचालन गर्न लागिएको बताइएको छ ।
मननहरी गांउपालिका अध्यक्ष एकराज उप्रेतीज्यूले आँखा स्वास्थ्यको क्षेत्रमा विकास गर्न मनहरी गांउपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
नेपाल आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणको लागि लागि परिरहेको र मकवानपुरमा पहिलो पटक आंखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु गरेको बताए ।
उक्त अवसरमा श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्च सिद्धि फाउण्डेशन मार्फत २५ जना विपन्न बिरामीहरुलाई निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताए ।
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया