मंगलबार, वैशाख २२, २०८३

स्वास्थ्यका एघारौं तहका आठजनाको जिम्मेवारी हेरफेर,कसलाई कुन जिम्मेवारी ?

मेरोन्यूज २०७८ फागुन ४ गते १६:१२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना एघारौँ तहका उच्च अधिकारीहरुको जिम्मेवार हेरफेर गरेका हुन्।

Advertisement
NiccNicc

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। सो महाशाखामा यसअघि तारानाथ पोखरेल रहेका थिए। उनले सरकारी सेवाबाट अवकास पाएपछि उक्त जिम्मेवारी पौडेलले पाएका थिए ।
डा. पौडेल स्थानमा कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याइएको छ। डा.सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमै फिर्ता गरिएको छ। उनी डेढ महिना अघि केन्द्रीय कारागार अस्पतालमा सरुवा भएकी थिइन्। केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी डा प्रकासप्रसाद साहलाई दिइएको छ।

कोशीमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ । उनको स्थानमा यसअघि चुमनलाल रहेका थिए।
त्यसैगरी, कान्ति बाल अस्पतालमा भरतपुर अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधी बसौलालाई कार्यकारी निर्देशक जिम्मेवारी दिइएको छ। यसअघि डा. अजित रायमाझी कार्यकारी निर्देशक थिए।

यस्तै, डा श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएपछि राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक पद रिक्त थियो। उक्त ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा सञ्जय ठाकुरलाई पठाइएको छ।

हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख डा डा यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ल्याइएको छ। तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई भने केन्द्रमा पठाइएको छ।

प्रतिक्रिया