थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण गर्दा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टी भएका ११ हजार ९०५ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा १६ सय जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया