थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण गर्दा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टी भएका ११ हजार ९०५ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा १६ सय जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया