गण्डकीका प्रदेश प्रमुखले भने– जनताको काम प्रदेश सरकारबाट हुन सकेन

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार मार्फत् जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् ।
बुधवार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत् हुनै बाँकी रहेको बताएका हुन् ।
यद्यपी, प्रदेश सरकारमार्फत् ऐन, कानूनको निर्माण हुनुका साथै विकास र समृद्धिको कामको भने सुरुवात भएको उनले बताए ।
उनले संघियताको संस्थागत बिकासका लागि प्रदेश र स्थानिय तहको जग बलियो हुनुपर्ने बताए ।
प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एकजुट हुन पनि उनले आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व नभई विशुद्ध राजनीतिक प्रतिस्पर्धा रहेको बताए ।
उनले प्रदेशको राजनीति परिपक्व, लोकतान्त्रिक र जनउत्तरदायी भएको उल्लेख गरे ।
मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापना भएको छोटो समयमा नै सरकारले जनताको मन जित्न सफल भएको दाबी गरे ।
सरकारले गरेका बिकास, निमार्ण तथा सेवा प्रवाहले प्रदेश सरकारको महत्व जनताले आत्मसात् गरेको उनले बताए ।
उनले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको पनि बताए ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया