गण्डकीका प्रदेश प्रमुखले भने– जनताको काम प्रदेश सरकारबाट हुन सकेन

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार मार्फत् जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् ।
बुधवार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत् हुनै बाँकी रहेको बताएका हुन् ।
यद्यपी, प्रदेश सरकारमार्फत् ऐन, कानूनको निर्माण हुनुका साथै विकास र समृद्धिको कामको भने सुरुवात भएको उनले बताए ।
उनले संघियताको संस्थागत बिकासका लागि प्रदेश र स्थानिय तहको जग बलियो हुनुपर्ने बताए ।
प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एकजुट हुन पनि उनले आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व नभई विशुद्ध राजनीतिक प्रतिस्पर्धा रहेको बताए ।
उनले प्रदेशको राजनीति परिपक्व, लोकतान्त्रिक र जनउत्तरदायी भएको उल्लेख गरे ।
मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापना भएको छोटो समयमा नै सरकारले जनताको मन जित्न सफल भएको दाबी गरे ।
सरकारले गरेका बिकास, निमार्ण तथा सेवा प्रवाहले प्रदेश सरकारको महत्व जनताले आत्मसात् गरेको उनले बताए ।
उनले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको पनि बताए ।
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया