बलेफी गाउँपालिका अध्यक्षद्वारा एमाले परित्याग

सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् ।
लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए । उनले हालै सम्पन्न भएको जिल्ला महाधिवेशनपछि केन्द्रीय सदस्य सुरेश नेपालले अपमान गरेको आरोप लगाएका छन् ।
उनले एमाले छाडेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आंकलन गरिएको छ । यसअघि पूर्वसांसद सुवास कर्माचार्यसहित सयौं नेता कार्यकर्ताले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए । तर, उनले पार्टी परित्याग गर्दा कुन पार्टीमा जाने खुलाएका छैनन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया