प्रधानमन्त्री देउवाको सन्देश : शुक्रबार एमसीसी पेश हुन्छ

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति बन्ने अवस्था न्युन बन्दै गएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आआफ्नो अडानमा टसमस भएपछि सहमति नहुने भएको हो ।
‘आजको बैठकमा प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौँ भन्नुभयो, उहाँले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नु भयो,’ बालुवाटार स्रोतले भन्यो । जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेकाले अब पछि धकेल्न नमिल्ने दोहोर्याएका थिए ।
‘हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब पछि हट्न सकिदैन, भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ,’ प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै स्रोतले भन्यो । सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो ।
प्रतिनिधिसभा बैठकअघि देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएसँगै देउवा पछि हटेका थिए । त्यसपछि बिहीबार बिहान बसेको बैठकमा देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन ।
एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक बस्दै छ ।
एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मत भिन्नता बढेको छ । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लो भएको छ ।
कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ । अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् ।
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया