बिहीबार, वैशाख २४, २०८३

ओलीलाई जस्तै देउवालाई पनि आफ्नै प्रचारको चिन्ता

पार्टीको प्रचार पुगेको छैन, भएका कामको चर्चा भएको छैन : प्रधानमन्त्री

मेरोन्यूज २०७८ फागुन ५ गते १९:३२


Advertisement
NiccNicc

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ४२ महिना सरकारको नेतृत्व गरे । माओवादी केन्द्रसँग चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म गरेर ओलीले त्यक्ति लामो समयसम्म सरकारको नेतृत्व गरेका थिए । तर ओलीको तत्कालिन नेकपा हुँदा देखि नै पार्टी र पार्टीका नेताहरुसँग एउटै गुनासो हुन्थ्यो ‘पार्टीले सरकारले गरेको कामको प्रचारै गर्न सकेन । खाली सरकारको खुटटा तान्ने काम पार्टीभित्रैवाट मात्र भयो । प्रधानमन्त्रीलाई कामै गर्न नदिने गरी घेरावन्दी मात्रै गरियो ।’

ओलीले आफु नेतृत्वको सरकारले अदभूत विकास र समृद्धिको पक्षमा काम गरेको दावी अहिले पनि गर्न छोडेका छैनन । त्यक्ति काम कुनै पनि सरकारले गर्ने नसकेको र आफनो सरकारको काम अव स्थानीय देखि प्रदेश र संघीय चुनावमा पार्टीले योजनावद्ध दस्तावेजीकरण नै गरेर प्रचारमा लानुपर्ने ओलीको मत अहिले पनि छ ।

ठिक त्यस्तै अहिले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले पनि सरकारले गरेका कामको प्रचार नै हुन नसकेको टिप्पणी गरेका छन् । नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन् ।
‘पार्टीको प्रचार नै पुगेको छैन, भएकै कामको पनि प्रचार भएको छैन,’ प्रधानमन्त्रीले भने, ‘अनि कसरी पार्टी र सरकारले गर्न खोजेको र गरेको काम जनताले थाहा पाउन सक्छन त रु’

कम्युनिष्टहरु अनावश्यक भ्रम फैलाउन माहिर रहेको प्रधानमन्त्रीको भनाई थियो । ‘अनावश्यक भ्रम फैलाउने काममात्रै भईरहेको छ । एमसीसीकै कुरामा पनि यो नेपालको हितमा छ । यो ऋण होइन, अनुदान हो , यो राष्ट्रियहित विपरीत छ भन्ने हल्लामात्रै हो,’ प्रधानमन्त्रीले भने,‘ पार्टीले प्रचार गर्न नसक्दा पनि भ्रम फैल्लिरहेको छ । भ्रम चिरेर जानुपर्छ । गरेका कामको प्रचार गरेर जानुपर्छ ।’

देउवाले सरकारको नेतृत्व सम्हालेको ८ महिना भएको छ । आफुले दुई दुई पटक सम्म गरेको संसद विघटनलाई वदर गरेर पूर्नस्थापना गर्ने र परमादेशमार्फत आफनो सरकार हटाएर कांग्रेसका देउवाको नेतृत्वको सरकार निर्माणमा अदालतले निर्णय दिएपछि सरकारबाट वाहिरिनुपरेका ओलीले त्यसयता देउवा सरकार सम्झनलायक सरकार नै नभएको र ७, ८ महिना यो सरकारले त्यक्तिकै समय मात्र खेर फालेको टिप्पणी गरिरहेका छन् ।

एमालेले चुनावमा पनि देउवा सरकार र आफ्नो सरकारले गरेको कामको फेहरिस्त सार्वजनिक गरेर जाने र अहिलेको सरकार नाममात्रको सरकार भएको भन्दै चुनावी अभियानमै जान खोजेपछि प्रधानमन्त्रीलाई प्रचारको चिन्ता जाग्न थालेको हो । त्यसमाथी अहिले विवादमा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन ९एमसीसी० सम्झौता संसदमा अनुमोदन गराउनुपर्ने पक्षमा आजका मितिमा करिव कांग्रेस एक्लै उभिएको छ । सत्तामै रहेको माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा छ । एमाले पहिले आफै पारित गर्न कम्मर कसेर लागेपनि सन्निकट रहेको चुनावी परिणामको नाफाघाटा हेरेर पर्ख र हेरको नीतिमा रहेपछि प्रधानमन्त्रीले पार्टी नेता कार्यकर्तालाई प्रचारमा ध्यान दिन निर्देशन गरेका हुन् ।

‘पार्टीको प्रचार पुगेको छैन । भएका कामको चर्चा भएको छैन, जुन जति परिवर्तन भए त्यो कांग्रेसकै कारण भएको हो,’ प्रधानमन्त्रीले भने, –‘अव प्रचारमा ध्यान दिऔं , अनावश्यक हल्ला र भ्रम चिरेर अगाडी जाऔं । एमसीसीको पक्षमा उभिन डराउनु पर्दैन । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

प्रतिक्रिया