३ वर्षभित्र सबै सार्वजनिक विद्यालयमा ‘आईसिटी ल्याब’ स्थापना गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले दुई हजार तीन सय विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने बताएका छन् ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा ‘आईसीटी ल्याब’ निर्माण गरिने बताए ।
तत्काल दुई हजार तीन सय विद्यालयमा आईसीटी ल्याब बनाउने निर्णय भएको छ । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निर्माण गरिनेछ ।
सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा सरकारले काम सुरु गरेको छ । त्यसका लागि सरोकारवालाहरूको सहयोग आवश्यक छ,’ उनले भने ।
उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया