बुधबार, वैशाख ३१, २०८२

३ वर्षभित्र सबै सार्वजनिक विद्यालयमा ‘आईसिटी ल्याब’ स्थापना गरिने

मेरोन्यूज २०७८ फागुन ५ गते १५:४७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले दुई हजार तीन सय विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा ‘आईसीटी ल्याब’ निर्माण गरिने बताए ।
तत्काल दुई हजार तीन सय विद्यालयमा आईसीटी ल्याब बनाउने निर्णय भएको छ । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निर्माण गरिनेछ ।

सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा सरकारले काम सुरु गरेको छ । त्यसका लागि सरोकारवालाहरूको सहयोग आवश्यक छ,’ उनले भने ।
उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।

प्रतिक्रिया