कोरोनाबाट ६ जनाको मृत्यु, थपिए ५७० जना नयाँ संक्रमित
मेरोन्यूज
२०७८ फागुन ५ गते १६:५२

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया