शनिबार, पुष १२, २०८२

एपेक्स कलेजको ट्राभल एन्ड टुरिजम कार्यक्रमको सल्लाहकारमा दीपकराज जोशी नियुक्त

मेरोन्यूज २०७८ फागुन ५ गते १७:१२

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी एपेक्स कलेजको बीबीएतर्फको ट्राभल एन्ड टुरिजम कार्यक्रमको सल्लाहकारमा नियुक्त भएका छन् ।

जोशीले एपेक्सका फ्याकल्टी र विद्यार्थीहरूलाई पर्यटन क्षेत्रका बारेमा सल्लाह, सुझाव दिनुका साथै कलेजलाई ऐक्षिक पाठ्यक्रम डिजाइन गर्न पनि मद्दत गर्ने जनाइएको छ । जोशीको पर्यटन क्षेत्रको विशेषज्ञता, अनुभवले विद्यार्थीलाई निकै फाइदा पुग्ने कलेजले भनाई छ ।

प्रतिक्रिया