कप्तान सन्दीप लामिछाने भने -हाम्रो टार्गेट भनेको विश्वकप पुग्नु हो

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको लक्ष्य विश्वकपमा स्थान बनाउनु भएको बताएका छन् ।
आईसीसी टी–२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै कप्तान सन्दीपले नेपाली टोलीको लक्ष्य नै विश्वकप छनोट हुनु भएको र त्यसका लागि टोलीको तयारी पुरा भएको बताए ।
‘विश्वकप छनोटको लक्ष्य लिएर आएका छौं । खेलाडीको प्रदर्शन हेर्दा विश्वकप छनोटका लागि हामी सक्षम छौं । सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो ।’ २१ वर्षीय सन्दीपले भने ।
नेपालले प्रतियोगितामा भोलि ९बिहीबार० घरेलु टोली ओमानविरुद्ध खेल्दै सुरुआत गर्नेछ । खेल नेपाली समय अनुसार अल अमेरात क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरुहुनेछ ।
समूह ‘बी’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स छन् । समूहको शीर्ष दुईमा रहे नेपाल ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
नेपाल दोस्रो पटक विश्वपकमा छनोट हुने लक्ष्यमा छ । जसका लागि नेपाली टोलीले ओमानमै चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो ।
यस शृंखलालाई नेपालले आफ्नो तयारीका लागि महत्त्वपूर्ण मानेको थियो । यस खेलबाट खेलाडी र टिम समेट सन्तुष्ट छन् ।
‘चारदेशीय शृंखला विश्वकपको ग्लोबल छनोट तयारीका लागि महत्त्वपूर्ण थियो । यसले खेलाडीको व्यक्तिगत प्रदर्शन र ग्राउन्डको अवस्थाका लगायत सबै कुरामा प्रभावकारी भयो ।’ सन्दीपले भने ।
यस्तै सन्दीपले नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा बिस्तारै राम्रो भइरहेको र खेलाडीको प्रदर्शन अनुसार छनोट हुन नेपाल सक्षम रहेको बताए ।
यता, टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजना अनुसार प्रदर्शन भइरहेको बताए ।
‘चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं । यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका श्रीलंकन नागरिक पुबुदुले भने ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
नेपाल अमेरिकासँग पराजित
प्रतिक्रिया