शुक्रबार, वैशाख २५, २०८३

मेयरमा २१ वर्षीय युवाले गरे उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ फागुन ६ गते ६:४१

कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय उनले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

Advertisement
NiccNicc

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरु माझ लोकप्रिय छन् । असहाय बालबालिकाका लागि सहारा बन्दै आएका, आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने व्यक्तिलाई सहयोग अभियान सञ्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन् ।

‘यो समय समाजमा फरक सोच राख्ने व्यक्तिका लागि पनि सर्वेक्षणको समय हो, यो समय मत मात्रै होइन मनको सर्वेक्षण गर्ने समय हो,’ भाटले भने, ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेका लागि एउटा समय हो, त्यसैले मैले उम्मेदवारीको घोषणा गरेको छु ।’

प्रतिक्रिया