पीडितलाई राहत दिने निर्देशिका पारित
काठमाडौँ । भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको बिहीबार बसेको बैठकले विपद् पीडितका लागि राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रभित्र बसोबास गर्नेलाई प्राकृतिक तथा मानव सिर्जित विपद्का कारण मानवीय तथा धन सम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याइएको हो ।
निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार भौतिक र मानवीय क्षति तथा अंगभंग भएमा क्षतिको अवस्था हेरी बढीमा एक लाखसम्म राहत दिन सकिने र पीडित परिवारलाई प्रमुखले क्षतिको अवस्था हेरी २५ हजारसम्म दिन सकिने व्यवस्था रहेको छ ।
बैठकमा सदस्यहरुको स्वास्थ्यसम्बन्धी जिज्ञासाको जवाफमा नगरप्रमुख प्रजापतिले ख्वप अस्पताललाई सय शैय्या क्षमताको स्वीकृति प्रदान गर्न आवश्यक पहल भइरहेको र अस्पतालले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य बोकेको बताए ।
बैठकको विशेष समयमा सदस्यले बिग्रेका सडक बत्तीको मर्मत सम्भार गर्नुपर्ने, हनुमन्ते खोला सुधारमा विशेष ध्यान दिनुपर्ने, भक्तपुरलाई दिइने रासायनिक मलको मात्रा वृद्धि गर्नुपर्ने, नयाँ बस्तीमा खानेपानीको उचित व्यवस्थापन हुनुपर्ने कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेलगायतका धारणा व्यक्त गरेका थिए ।















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया