सोमबार, माघ ५, २०८२

आज संसद बैठक बस्दै, के होला एमसीसी ?

मेरोन्यूज २०७८ फागुन ६ गते ७:२६

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) टेबल हुने कि नहुने भन्ने अन्योल छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसीबारे कुनै उल्लेख गरिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने उल्लेख गरेका छन् ।

तर, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने बताएका थिए । बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय हुनेछ । प्रतिनिधिसभा बैठकअघि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका थिए । उनीहरूबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया