अोली निवासमा एमाले नेताहरूको भेट वार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमालेका नेताहरूबीच भेट वार्ता भएको छ । वार्तामा नेताहरू शंकर पोखरेल, सुभाष नेम्वाङ, विष्णु पौडेललगायत सहभागी छन् ।
बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसको भोलिपल्ट आज बिहान एमाले नेताहरू बालकोटमा वार्ताका लागि सहभागी भएका हुन् । पत्नीसहित बालकोट पुगेका देउवाले ओलीसँग के कुरा गरे भन्नेबारे खुलाएका छैनन् ।
यस्तै, आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने तयारी गरिरहँदा एमाले नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धन दलहरूसँग छलफल गर्दै आएका थिए । गठबन्धनभित्र सहमति नजुटेपछि उनी ओलीलाई भेट्न पुगेका थिए । सोही विषयमा छलफल गर्न एमाले नेताहरू बालकोटमा छलफलमा जुटेको जनाइएको छ ।















Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया