‘८ गतेको गठबन्धनको बैठकबाट एमसीसीलाई निष्कर्षमा पुर्याउँछौँ’
मेरोन्यूज
२०७८ फागुन ६ गते ११:३६

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरूको आजको बैठकमा एमसीसीका विषयमा छलफल भएको छ । गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको आजको बैठक सकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसद्मा प्रवेश गराएर निष्कर्षमा पुर्याउने विषयमा आजको बैठकमा छलफल भएको जानकारी दिए ।
आजको संसद् बैठकमा एमसीसी टेबल हुने/नहुने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने उनले बताए ।
उनलेभने,‘अर्को बैठक ८ गते बिहान १० बजे बसेर यसलाई निर्णयमा पुर्याउँछौँ।’
संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको उनले बताए ।
सम्बन्धित
















४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया