‘८ गतेको गठबन्धनको बैठकबाट एमसीसीलाई निष्कर्षमा पुर्याउँछौँ’
मेरोन्यूज
२०७८ फागुन ६ गते ११:३६

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरूको आजको बैठकमा एमसीसीका विषयमा छलफल भएको छ । गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको आजको बैठक सकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसद्मा प्रवेश गराएर निष्कर्षमा पुर्याउने विषयमा आजको बैठकमा छलफल भएको जानकारी दिए ।
आजको संसद् बैठकमा एमसीसी टेबल हुने/नहुने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने उनले बताए ।
उनलेभने,‘अर्को बैठक ८ गते बिहान १० बजे बसेर यसलाई निर्णयमा पुर्याउँछौँ।’
संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको उनले बताए ।
सम्बन्धित















Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया