नेपाल–भारत पेमेन्ट सर्विसद्वारा सम्झौता
मेरोन्यूज
२०७८ फागुन ६ गते १३:२७

काठमाडौँ । गेटवे पेमेन्ट सर्विस प्रालिमा आबद्ध तथा मोबाइल प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआई नेपाल) सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकबीच सम्झौता भएको छ ।
सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायकमार्फत नेपालको कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सक्ने व्यवस्था हुने भएको छ । यस्तै, दुई देशबीचका नागरिकले जहाँसुकैबाट रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।
उक्त सम्झौतामा नेपालका कम्पनीका अध्यक्ष कमलनाथ प्रधान र भारतका एनपीसिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका थिए ।
सम्बन्धित
















आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया